स्वास्थ्यमन्त्री ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । अदालतको अवहेलनमा मुद्दामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता लोकेन्द्रबहादुर वली र केशरजंग केसीले सर्वोच्चले कोरोना परीक्षण शूल्क नलिनु भन्ने आदेश सरकारले उल्लंघन गरी अदालतको अवहेलना गरेको आरोप लगाउँदै दायर रिटमाथि बिहिबार सुनुवाई गर्दै ७ दिनभित्र आफै उपस्थित भई वा कानून बमोजिम आफ्ना प्रतिनिधि पठाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गरेको फैसलामा भनिएको छ– ‘यसमा के कसो भएको हो ? निवेदन माग बमोजिम विपक्षी उपर यस अदालतको आदेश फैसला प्रतिकूल काम कारवाही गरेको मानी नेपालको संविधानको धारा १ सय २८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारवाही र सजाय किन हुनु नपर्ने हो ? सजाय हुन नपर्ने कुनै आधार र कारण भए सबै ब्यहोरा खुलाई यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीका नाउँमा कानून बमोजिम म्याद सूचना जारी गरी तामेल गराउँनु ।’
सर्वोच्चले गत असोज १५ गते कोरोना परीक्षणको शूल्क लिनु गैरकानूनी ठहर्याउँदै शूल्क नलिन सरकारका नाममा परामादेश जारी गरेपनि सो को कार्यान्वयन नभएपछि अधिवक्ताद्धय वली र केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण