महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग
आइतबार, २३ कात्तिक २०७७, ०९ : ११
युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ ।
सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको रु १० हजार २०० अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।
“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ”, उनले भने । युवा सजगता अभियानले आफ्नो सङ्गठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण