बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

सोमबार, २४ कात्तिक २०७७, ११ : ४४
सोमबार, २४ कात्तिक २०७७

 रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । 
कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरुषको  उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । 

उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए । योसगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या ८४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप