झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।
लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए ।
यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर