जीप दुर्घटनामा एकजनाको मृत्यु, ७ जना घाइते
गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रेष्ठले चालक गाहको मृत्यु भएको तथा अन्य ७ जना घाइते भएको जनाए ।
घाइतेमध्ये सोनु गाह र प्रेमबहादुर थापा स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डिस्चार्ज भईसकेका छन् भने घनबहादुर गाह, प्रेमबहादुर पल्ली, श्री राजकोटी, अलिक पाल्पाली र भिमहादुर गाहको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
उक्त जीप मजुवाबाट जुभुङ्गको हटियातर्फ आउँदै गरेको अवस्थामा सडकबाट करिव ३ सय मिटर तल खसेको बताईएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण