कृत्रिम फूलको माग बढ्दै
तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ ।
तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको व्यापारीहरुको भनाइ छ ।
मालाको माग बढेसँगै यतिबेला प्रदेशको अस्थायी राजधानी धनगढी,अत्तरिया लगायतका शहरी क्षेत्रका बजार बनावटी फूलमालाले रङ्गिन बनेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने फूल लगायतका समग्री खरिद गर्न यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।
भाइ टीकाको दिन दिदी बहिनीले दाजु भाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा नेपाली समाजमा छ । मखमली र सयपत्री फूलको माला कृत्रिम भन्दा महङ्गो पर्ने भएपछि बनावटी माला लगाउनु पर्ने अवस्था देखिएको स्थानीय महेश्वरी जोशीले बताए ।
“बजारमा सहज रुपमा र सहुलियत मूल्यमा सयपत्री र मखमलीका माला पाउँदैन ,कतै पाइएछ भने निकै महङ्गो हुने गरेको छ”, उनले भने । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको स्थानीय व्यापारीको भनाइ छ ।
कैलाली, कञ्चनपुर, बैतडी लगायतका जिल्लाका सीमा नाकावाट तिहारको समयमा भारतबाट ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेको छ । यस वर्ष भने कोरोनाको जोखिमका कारण कृत्रिम माला आयातमा भने विगत वर्षको तुलनामा केही कमी आएको छ । कागज,कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समय सम्म टिक्ने, झट्ट हेर्दा आर्कषक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।
यस वर्ष अधिकांशका घरमा कात्तिक पहिलो हप्तामा नै सयपत्री फूल फुलेका थिए । तर ढिलो गरी तिहारको साइत आउँदा अधिकांशका घरमा फुलेका फूल बोटमै सुकेर प्रयोग गर्न नमिल्ने भएपछि पनि बनावटी फूल प्रयोग गर्नु पर्ने अवस्था आएको हो ।
स्थानीय पार्वती पाण्डेयले भने, “घरमा रोपिएको सयपत्री सुकेर काम नलाग्ने भएपछि बनावटी फूलको खोजी गरेकी छु ।”
यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुट रुपमा कतिपयले प्राकृतिक फूलको व्यवासायिक खेती गर्ने गरेको भएपनि माग अनुसारका फूलको उत्पादन र बजारीकरण हुन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण