पुरुषका लागि गर्भनिरोधक खोप, एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी
एजेन्सी – अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो ।
तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । यो खोप एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने अनुसन्धानमा पत्ता लगाइएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पुरुषका लागि बनाइएको उक्त खोप विश्वस्तरीयरुपमा सुरक्षित, प्रभावकारी र लामो समयसम्मका लागि उपयोगी साबित हुनेछ । यसको प्रयोग ३०० जना पुरुषमा गरिएको छ । तीन पटकसम्म चलेको उक्त क्लिनिकल ट्रायलमा साइड इफेक्ट नभेटिएको आईसीएमआरले जनाएको छ ।
आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् ।
उक्त खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण