वैदेशिक सहयोग साढे ४ गुणाले बढ्यो, ३ महिनामै ८५ अर्ब
काठमाडौं । विदेशी निकायले नेपाललाई दिने सहायता यो वर्ष साढे ४ गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/७८ को असोजसम्म प्राप्त भएको विदेशी अनुदान तथा ऋण सहायताको हिस्सा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ सय ४४ प्रतिशत बढी रहेको देखिएको हो ।
असोजसम्म विभिन्न द्विपक्षीय तथा बहुपक्षीय राष्ट्रहरुबाट कुल ८५ अर्ब ४० करोड रुपैंया वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको यही समयमा १५ अर्ब ६७ करोड रुपैंया मात्रै वित्तीय सहायता प्राप्त भएको थियो । उक्त सहायतामध्ये ९१ प्रतिशत ऋण तथा ९ प्रतिशत अनुदान रहेको छ ।
त्यसरी प्राप्त भएको सहयोगमध्ये सडक तथा सुशासनका लागि ६३ प्रतिशत, उर्जाका लागि ३३ प्रतिशत, कोभिड महामारीका लागि १.९ प्रतिशत शिक्षाका लागि २ प्रतिशत तथा पुनर्निर्माणका लागि १ प्रतिशत रकम सहयोग प्राप्त भएको मन्त्रालयको तथ्यांक छ ।,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण