सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक सहयोग साढे ४ गुणाले बढ्यो, ३ महिनामै ८५ अर्ब

आइतबार, ३० कात्तिक २०७७, १८ : ५२
आइतबार, ३० कात्तिक २०७७

काठमाडौं । विदेशी निकायले नेपाललाई दिने सहायता यो वर्ष साढे ४ गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/७८ को असोजसम्म प्राप्त भएको विदेशी अनुदान तथा ऋण सहायताको हिस्सा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ सय ४४ प्रतिशत बढी रहेको देखिएको हो । 

असोजसम्म विभिन्न द्विपक्षीय तथा बहुपक्षीय राष्ट्रहरुबाट कुल ८५ अर्ब ४० करोड रुपैंया वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको यही समयमा १५ अर्ब ६७ करोड रुपैंया मात्रै वित्तीय सहायता प्राप्त भएको थियो । उक्त सहायतामध्ये ९१ प्रतिशत ऋण तथा ९ प्रतिशत अनुदान रहेको छ । 

त्यसरी प्राप्त भएको सहयोगमध्ये सडक तथा सुशासनका लागि ६३ प्रतिशत, उर्जाका लागि ३३ प्रतिशत, कोभिड महामारीका लागि १.९ प्रतिशत शिक्षाका लागि २ प्रतिशत तथा पुनर्निर्माणका लागि १ प्रतिशत रकम सहयोग प्राप्त भएको मन्त्रालयको तथ्यांक छ ।, 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप