धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु
जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।
मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् ।
सचिव यादवले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन् । मृतक मोक्तान वडा नम्बर ६ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण