तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार दुई पक्राउ
तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–५ का जीवन चौहान र नवीन भनिने अमर सलामीलाई मोटरसाइकलसहित आज दिउँसो पक्राउ गरेको जनाएको छ ।
वीरेन्द्रनगर १ का तीन वर्षीय समीर नेपालीलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाइकलले ठक्कर दिँदा उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।
घटनाको एक दिन बितिसक्दा प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै बुधबारदेखि पीडित पक्षले कर्णाली राजमार्गको बाङ्गेसिमल खण्डमा सडक अवरुद्ध पारेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले पक्राउ परेका दुई जनामाथि सोधपुछ भइरहेको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि १६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
तीमध्ये लु ६२ प ७००३ नम्बरको मोटरसाइकलका चालक सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । प्रहरी कार्यालयमा चालकका अभिभावकले उक्त मोटरसाइकल बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण