जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
सारांश
- बागमती सरकारले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा भएको क्षतिलाई मिनाहा दिने निर्णय गरेको छ ।
- सो निर्णयअनुसार मन्त्रालयको १ करोड ६० लाख रुपैयाँ बराबरको जिन्सी सामग्रीको लगत कट्टा गरिनेछ ।
- यसका साथै, प्रदेश सभामा व्यापार सम्बन्धी संशोधन ऐन पठाउने र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरिएको छ ।
हेटौँडा । बागमती सरकारले जेनजी आन्दोलनमा जलेको जिन्सी सामानको लगत कट्टा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनीका कारण खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिन्सी सामानमा भएको क्षतिलाई मिनाहा दिएर लगत कट्टा गर्ने निर्णय गरेको हो ।
सरकारले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स)बाट जलेका सामानहरूको लगत कट्टा गर्नेगरी बैठकले निर्णय गरेको हो । सो मन्त्रालयको १ करोड ६० लाख रुपैयाँको जिन्सी सामग्रीहरु लगत कट्टा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । ५ लाख माथिको जिन्सी सामानको लगत कट्टा गर्न मन्त्रिपरिषदको निर्णय अनिवाय रहने व्यवस्था रहेको छ ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन ऐनलाई प्रदेश सभामा पठाउने निर्णय गरिएको छ ।
सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशमा अपांगता भएका व्यक्तिहरुको अधिकार व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण