गण्डकी प्रदेश
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
बिहीबार, ३२ असार २०८३, १७ : २४
सारांश
- सत्ता परिवर्तनको प्रभाव गण्डकी प्रदेशसम्म आइपुगेपछि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
- दलका नेता खगराज अधिकारीको नेतृत्वमा बस्ने बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय लिनेछ ।
- नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको साझेदारी तोड्ने निर्णय गरेपछि गण्डकीमा गठबन्धन परिवर्तनको सम्भावना बढेको छ ।
पोखरा । सूदूरपश्चिमबाट प्रवेश भएको सत्ता परिवर्तनको आगो गण्डकीसम्म पनि आइपुगेको छ । यसबारे छलफल गरी निर्णय लिन अहिले सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
दलका नेता खगराज अधिकारीको नेतृत्वमा बस्ने बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएको छ । एमालेका अधिकांश सांसदहरू गण्डकीमा अहिलेकै गठबन्धन कायम हुनुपर्ने पक्षमा छन् ।
यद्यपि, केन्द्रीय निर्णयका कारण सत्ता गठबन्धन बदलिने पक्कापक्की छ । नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको साझेदारी तोड्ने निर्णय पदाधिकारी बैठकबाट गरिसकेको छ ।
यसपछि एमाले दलका नेता अधिकारी काठमाडौँ पुगेर फर्किएका छन् । यसमै छलफल गर्न मुख्यमन्त्री तथा कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे पनि काठमाडौँ पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण