बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सुस्त श्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

शुक्रबार, ०५ मङ्सिर २०७७, १४ : २३
शुक्रबार, ०५ मङ्सिर २०७७

हुम्ला । हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि विशेष स्रोत कक्षा सञ्चालन गर्न दुई कोठे विद्यालयको भवन निर्माण गरिएको बहिरा सङ्घ हुम्लाले जनाएको छ । 

सर्केगाड गाउँपालिका–४ दुल्लीमा सुस्तश्रवणयुक्त बालबालिकालाई पठनपाठनमा सहज पुग्नका लागि सुस्तश्रवणयुक्त प्राथमिक विद्यालयको भवन निर्माण गरिएको बहिरा सङ्घका जिल्ला अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिए ।

विगतमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि भवन नहुँदा अन्य विद्यार्थीसँग विद्यालय जानुपर्दा पठनपाठनमा निकै समस्या हुने देखिएपछि उनीहरुका लागि छुट्टै भवन निर्माण गरिएको हो । उक्त विद्यालय भवनमा २५ जना सुस्तश्रवण भएका बालबालिकाले अध्ययन गर्ने भएका छन् ।
 

“सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुल्लीमा पहिलोपटक सुविधा सम्पन्न भवन निर्माण गरिएको छ”, अध्यक्ष फडेराले भने, “सो भवनमा अपाङ्गमैत्री शौचालय र खानेपानी धाराको आवश्यकता रहेकाले यसका लागि सहयोगको खोजी भइरहेको छ ।”  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप