इजरायली प्रधानमन्त्रीद्वारा साउदी युवराज र अमेरिकी विदेश मन्त्रीसँग वार्ता
सोमबार, ०८ मङ्सिर २०७७, २३ : १४
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनीहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् । साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पु¥याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो ।
अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए । छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेका थिए । उनीहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण