शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्रीद्वारा साउदी युवराज र अमेरिकी विदेश मन्त्रीसँग वार्ता

सोमबार, ०८ मङ्सिर २०७७, २३ : १४
सोमबार, ०८ मङ्सिर २०७७

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनीहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् ।  साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पु¥याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो । 

अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए । छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेका थिए । उनीहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप