म्याराडोनाको निधनपछि पेलेले भने–‘हामी एकदिन स्वर्गमा फुटबल खेल्नेछौं’
एजेन्सी । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए । अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो ।
८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । पेलेले म्याराडोनाको निधनपछि विज्ञप्ती जारी गरेका छन् । ‘उनीजस्ता साथी गुमाउनु दुःखद् हो । भगवान्ले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । पक्का छ, कुनै दिन हामी स्वर्गमा एकसाथ बल हान्नेछौं,’ उनले लेखेका छन् । इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
अर्जेन्टिनामा तीन दिने शोक
यसै महिनाको सुरुवातमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनी दुुई साताअघिमात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । अक्टुुबर ३० मा जिम्नासिया क्लबको रंगशालामा आफ्नो ६० औं जन्मदिन मनाउने क्रममा म्याराडोना झुुलुक्क देखा परेका थिए, तर उनी स्वस्थ थिएनन् ।
हिँड्न समस्या भएपछि उनले आफ्नो टोलीको खेल समेत हेरेका थिए । त्यसको केही दिनमै उनलाई ला प्लाटास्थित अस्पताल लगिएको थियो, जहाँ मस्तिस्कको शल्यक्रिया भयो । म्याराडोनाको निधनको खबर बाहिरिएसँगै अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण