धमाधम बन्दैछन् जाडो थेग्न ज्याकेटहरु, तस्विरमा हेर्नुहोस्
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको असर नेपालको गार्मेन्ट क्षेत्रमा पनि पर्यो । सबै गतिविधि ठप्प बनेपछि गार्मेन्टका कामदारहरु काठमाडौँमा बस्न सक्ने अवस्था रहेन । सबैजना आ–आफ्नो घर फर्किए । पाँच महिनासम्म यो क्षेत्र बन्द रह्यो ।
महामारीसँग जुध्दै अहिले आर्थिक गतिविधिहरु पुनः सञ्चालनमा आउन थालेसँगै गार्मेन्ट उद्योग पनि पुनः जुर्मुराउने प्रयासमा छ । नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा यतिबेला जाडो याममा लगाइने ज्याकेटहरु धमाधम बनिरहेको थियो । साह आलम भन्छन्, ‘बन्दाबन्दीमा धेरै घाटा भयो । हामी बिस्तारै उठ्ने प्रयासमा छौँ ।’
यसपटक सीमानाका बन्द रहेका कारण भारत र चीनबाट धेरै सामान नआएको कारण नेपाली सामानले बजार पाउने उनले आशा गरेका छन् । आलमका अनुसार उनको उद्योगमा बारा र पर्साका धेरैले रोजगारी पाएका छन् ।
हेर्नुहोस् तस्विरः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण