होटलमा लगी अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने बाबु पक्राउ
शुक्रबार, १२ मङ्सिर २०७७, १३ : ११
काठमाडौँ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
१३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा कास्की पोखरा महानगरपालिकाका ३९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।
मंसिर ६ गते दिउँसो पोखरास्थित एक होटलमा लगेर जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।
केही वर्ष अघिदेखि जबरजस्ती करणी गर्दै आएको थाहा पाएपछि पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।
पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण