नाइजेरियामा ‘पागलपन’ हमला, धान खेतमा काम गरिरहेका ४३ मजदुरको रेटेर हत्या
उत्तर–पूर्व नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ ।
नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई ‘पागलपन’ को संज्ञा दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँधेर उनीहरुको घाँटी रेटेका छन् ।
यो हमला बोर्नो राज्यको राजधानी मेडूगरी नजिकै भयो । यो इलाकामा बोको हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन् ।
यो हमलालाई पछिल्ला केही महिनामा भएको हमलामध्ये ‘सबैभन्दा विभत्स हमला’ बताइएको छ ।
अहिलेसम्म कुनै पनि संगठनले यो हमलाको जिम्मेवारी लिएको छैन ।
राष्ट्रपति मोहम्मदू बुहारीले यो हमलाको निन्दा गर्दै भनेका छन्, ‘मिहिनेती मजदुरमाथि गरिएको यो हमलाको जति निन्दा गरेपनि कम छ । पूरा देश लज्जास्पद हत्याबाट आहत छ ।’
केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हामीले अहिलेसम्म ४३ को शव भेटेका छौं । सबैको रेटेर हत्या गरिएको छ । ६ व्यक्ति यस्ता पनि छन् जसको शवमा गम्भीर चोट छ । ’ केही मजदुर गायब भएको पनि बताइएको छ ।
एएफपीको रिपोर्ट अनुसार मारिएका मजदुर नाइजेरियाको उत्तर–पश्चिमी राज्य सोकोताका हुन् । यी सबै करिब एक हजार किलोमिटर टाढा, उत्तर पूर्वस्थित बोर्नो राज्यमा रोजगारीको खोजीमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण