सेलेना गोमजका लागि खास रह्यो यो वर्ष
बुधबार, २४ मङ्सिर २०७७, ०९ : २७
चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० खास रह्यो । हालै रिजिल नयाँ एल्बम ‘रेअ’ को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छिन् ।
अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यानलमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छिन् । यसबाहेक उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ । हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ ।
सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन् । अहिले सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन् । अहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरु उत्साहित छन् । अन्नपूर्ण पोस्टमा यो सामग्री छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण