शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग

शुक्रबार, ०१ साउन २०८३, १० : ४४
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेपाल शिक्षक महासंघले 'मास्टर्नी' चलचित्रको गीतले महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि प्रहार गरेको भन्दै तत्काल बन्द गर्न माग गरेको छ।
  • महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव प्रयोग भएको दाबी गरेको छ।
  • महासंघले गीतको प्रसारण र प्रयोग जारी रहेमा उत्पन्न हुने परिणामको जिम्मेवारी निर्माता र कलाकारको हुने चेतावनी दिएको छ।

काठमाडौँ । नेपाली चलचित्र 'मास्टर्नी'को  गीतलाई लिएर नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ। 

भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको महासंघको दाबी छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।'

महासंघले उक्त विवादित गीतको प्रसारण र प्रयोगलाई निरन्तरता दिएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ।

शिक्षकहरूको हकहितका लागि क्रियाशील यो संस्थाले चलचित्र निर्माण गर्दा कुनै पनि पेसा वा वर्गको मर्यादामा आँच आउन नहुने तर्फ सचेत गराएको छ। 

745545248_2474791209685251_6187987808570546535_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप