अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अमेरिकी निर्वाचनमा हस्तक्षेप र मतदाता विवरण प्राप्त गरेको आरोप चीनले अस्वीकार गरेको छ ।
- वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्ने बताएका छन् ।
- प्रवक्ताले अमेरिकी निर्वाचन अमेरिकी जनताको मतबाट निर्धारण हुने र चीनले कहिल्यै हस्तक्षेप नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट पारेका छन् ।
बेइजिङ । अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको तथा करोडौँ अमेरिकी मतदाताको विवरण प्राप्त गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप चीनले अस्वीकार गरेको छ ।
वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बिहीबार सीएनएनलाई दिएको प्रतिक्रियामा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको बताएका छन् ।
‘अमेरिकी निर्वाचन अमेरिकाको आन्तरिक विषय हो। यसको परिणाम अमेरिकी जनताको मतबाट निर्धारण हुन्छ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कहिल्यै हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन’ प्रवक्ताले भने ।
यसअघि पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत पश्चिमी मुलुकहरूले लगाएका निर्वाचन हस्तक्षेप तथा राजनीतिक प्रभाव पार्ने आरोपहरू चीनले पटक–पटक अस्वीकार गर्दै आएको छ । यस विषयमा थप प्रतिक्रिया लिन सीएनएनले चीनको परराष्ट्र मन्त्रालयसँग पनि सम्पर्क गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण