पोखराका अनुशासनहीन प्याराग्लाइडिङ चालक बढे, ८ जना परे कारबाहीमा
बुधबार, २४ मङ्सिर २०७७, ०९ : ३६
प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ ।
आजको नागरिक दैनिक लेख्छ–यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो ।
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठजना चालकको उडान अनिश्चितकालका लागि रोकिएको हो । उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो ।
चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण