आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्प बाल्यकालमा हुर्किएको घर, चौथोपटक लिलामी हुँदै

बिहीबार, २५ मङ्सिर २०७७, २३ : ०९
बिहीबार, २५ मङ्सिर २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाल्यकालमा हुर्किएको घर चौथोपटक लिलाम हुने भएको छ । ३ मिलियन डलरमा लिलाम गर्न लागिएको उक्त घर न्युयोर्कको जमैकामा रहेको छ । घर लिलाम गर्न लागेको कम्पनीले ट्रम्पका फ्यानहरुले घर किन्ने आशा गरेको छ ।

उक्त घर राष्ट्रपति ट्रम्पका पिता फ्रेडले बनाएका हुन् । ट्रम्प यो घरमा ४ वर्षको उमेरसम्म बसेका थिए । सुरुमा ५ बेडरुम भएको यो घर पछि ठूलो बनाइएको थियो । ठुलो बनाइएपछि त्यहाँ थप २ ओटा कोठा थपिएका थिए । यो घर चौथोपटक लिलामी हुन थालेको हो । अघिल्लोपटक सन् २०१६ मा लिलामी भएको यो घर त्यसबेला स्थानीय व्यक्तिले लिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप