काठमाडौँ–दिल्ली उडान पुस २ देखि
काठमाडौँ । कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।
आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।
दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार पहिलो उडान निगमले गर्नेछ । भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने उनले स्पष्ट पारे ।
यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने प्रतिक्रिया भारतलाई दिएको थियो ।
यसैबीच नेपालस्थित भारतीय राजदूतावासले पनि हवाई उडान फेरि सञ्चालन हुने जानकारी दिएको छ ।
“दिल्ली–काठमाडौँ नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । एयर इन्डिया र नेपाल वायु सेवा निगमले यी दैनिक उडान सञ्चालन गर्नेछन्”, दूतावासले राखेको सूचनामा उल्लेख छ । साथै उसले टिकटका लागि सम्बन्धित देशको एयरलाइन्सको वेबसाइट हेर्न आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण