प्रधानमन्त्रीकै ‘छोरी’लाई पढ्न सकस
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । अहिले उनी १० वर्षकी भइन् । मुगुम कमारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्ने गरी केही परिवर्तन देखिँदैन । उनको न त व्यक्तिगत लवाइखवाइमा फरकपन आएको छ न त पारिवारिक नै ।
कर्णाली पर्यटन महोत्सव उद्घाटनको अवसरमा २०७५ वैशाख १ मा रारा पुगेका प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुको अभिभावकत्व दिँदै विद्यालय भर्ना गराउँदा आमा छिजु तामाङलाई अब छोरीको भविष्य बन्ने भयो भन्ने लागेको थियो । प्रधानमन्त्रीले छोरीलाई कम्तीमा माध्यमिक तहसम्म पढाउने सहयोग गर्लान् भन्ने उनमा अपेक्षा थियो ।
‘एक पल्ट आएर भर्ना गराइदिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि कुनै चासो दिनुभएको छैन ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुलाई काम लिँदै माध्यमिक तहसम्म पठनपाठनको सबै खर्च आफले बेहोर्ने वचन दिएका थिए । त्यसपछि ओलीले छोरीको अवस्थाबारे कुनै माध्यमबाट चासो नलिएको उनले गुनासो गरिन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण