कोरोना पीडितका लागि शाहरुखले दान गरे ५०० रेम्डेसिभिर खोप
मुम्बई । बलिउडका सुपर स्टार शाहरुख उदार मनका व्यक्तिको रुपमा चिनिँदै आएका छन् । शाहरुखले पछिल्ला केही महिनादेखि कोरोनाभाइरससँग लड्दै आएका बिमारीलाई मद्दत गर्दै आएका छन् । हालै उनले कोरोनाभाइरस प्रभावितका लागि ५०० रेम्डेसिभिर खोप दान गरेका छन् । रेम्डेसिभिर कोरोना उपचारका लागि अमेरिकाकाे ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले अनुमोदन गरेको पहिलो औषधि हो ।
शाहरुख खानले आफ्ना मीर फाउन्डसन नामक संस्थामार्फत ती खाेप प्रदान गरेका हुन् । साे कुराको जानकारी भारतका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले ट्वीटमार्फत गराएका छन् । उनले त्यसका लागि मीर फाउन्डेशन र शाहरुख खानलाई धन्यवाद समेत दिएका छन् ।
यसअघि पनि शाहरुखले आफ्नो मुम्बईको अफिसलाई क्वारेन्टिन सेन्टर बनाएका थिए । त्यसबाहेक शाहरुखको तर्फबाट २५ हजार पिपिई किट पनि दान गरिएको थियो ।
यतिखेर शाहरुख ‘पठान’ फिल्मकाे सुटिङमा व्यस्त छन् । उक्त फिल्मको सुटिङकाे शुरुवात मुम्बईमा गरिएको छ । हालै सामाजिक सञ्जालमा मुम्बईको स्टुडियो बाहिर खिचिएको शाहरुखको केही तस्बिर बाहिर आएको थियो । ती तस्बिरमा उनी लामो कपालमा दमदारअन्दाजमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण