आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना पीडितका लागि शाहरुखले दान गरे ५०० रेम्डेसिभिर खोप

शुक्रबार, २६ मङ्सिर २०७७, २० : ०८
शुक्रबार, २६ मङ्सिर २०७७

मुम्बई । बलिउडका सुपर स्टार शाहरुख उदार मनका व्यक्तिको रुपमा चिनिँदै आएका छन् । शाहरुखले पछिल्ला केही महिनादेखि कोरोनाभाइरससँग लड्दै आएका बिमारीलाई मद्दत गर्दै आएका छन् । हालै उनले कोरोनाभाइरस प्रभावितका लागि ५०० रेम्डेसिभिर खोप दान गरेका छन् । रेम्डेसिभिर कोरोना उपचारका लागि अमेरिकाकाे  ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले अनुमोदन गरेको पहिलो औषधि हो । 

शाहरुख खानले आफ्ना मीर फाउन्डसन नामक संस्थामार्फत ती खाेप प्रदान गरेका हुन् । साे कुराको जानकारी भारतका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले ट्वीटमार्फत गराएका छन् । उनले त्यसका लागि मीर फाउन्डेशन र शाहरुख खानलाई धन्यवाद समेत दिएका छन् ।

यसअघि पनि शाहरुखले आफ्नो मुम्बईको अफिसलाई क्वारेन्टिन सेन्टर बनाएका थिए । त्यसबाहेक शाहरुखको तर्फबाट २५ हजार पिपिई किट पनि दान गरिएको थियो ।

यतिखेर शाहरुख ‘पठान’ फिल्मकाे सुटिङमा व्यस्त छन् । उक्त फिल्मको सुटिङकाे शुरुवात मुम्बईमा गरिएको छ । हालै सामाजिक सञ्जालमा मुम्बईको स्टुडियो बाहिर खिचिएको शाहरुखको केही तस्बिर बाहिर आएको थियो । ती तस्बिरमा उनी लामो कपालमा दमदारअन्दाजमा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप