बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने
बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । यही मङ्सिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए ।
विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको सो नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, “लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकाले सञ्चालनको तयारी भएको हो ।”
बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय मङ्सिर २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।
उनले भने, “कोरोनाको सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेका छौँ ।” नियमितरुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड– १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्नसक्ने जनाइएको छ ।
नगरपालिकामा हालसम्म १३६ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३८ मात्रै सक्रिय अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण