खोप ल्याउन ढिलाइ : जीटूजी र निजी क्षेत्रको विकल्प खुला गर्न सुझाव
कोभिड–१९ विरुद्धको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरुले बताएका छन् ।
एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत झन् प्रभावित हुन सक्ने उनीहरुको भनाइ छ । जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले खोप ल्याउन सबै विकल्प खुला गर्नुपर्ने बताए ।
पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेकाले पनि खोप प्रमाणित भएपछि जतिसक्दो छिटो ल्याउनुपर्ने अवस्था छ । ‘कोभाक्स तत्काल समाधान होइन । एउटा विकल्प सफल नहुँदा अर्को विकल्पले काम गर्न सक्छ,’ डा. तिवारी भन्छन् ।
दक्षिण एसियाका मुलुकले निजी क्षेत्रलाई खोप ल्याउन अनुमति दिइसकेको उनले बताए । ‘सरकारले अन्य सरकारसँग पहल गरेर खोप भित्र्याउने प्रयाससँगे विशेष गाइडलाइन बनाएर गुणस्तरीय खोप ल्याउने सुनिश्तितासहित पारदर्शीरुपमा अधिकतम बिक्री मूल्य तोकेर निजी क्षत्रका लागि प्रक्रिया खोल्नुपर्छ,’ उनले भने ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण