माफियाको गुलियोमा सरकार भुलियो ?
सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलनका लागि काठमाडौं आएका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएकोमा हालसम्म पनि बक्यौता रहेपछि किसानहरु फेरि आन्दोलनका लागि काठमाडौं आएका हुन् । किसानहरुले राजधानीको माइतीघरमा रिले थालेका छन् भने माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन् ।
किसानलाई विभिन्न चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
गत पु्समा भएको सहमतिअनुसार एक महिनाभित्र सबै बक्यौता रकम दिने सम्झौता अनुसार केही रकम भुक्तानी भयो पनि । त्यतिबेला किसानहरुले करिब २१ करोड रुपैयाँ प्राप्त गरेका थिए । तर पछि बक्यौता रकम भुक्तानी दिन पनि बन्द भएको थियो ।

जिल्लामा पटक पटक आन्दोलन गरेपनि सम्झौता अनुसार रकम प्राप्त गर्न नसकेपछि किसानहरुले कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टसँग भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।
छठसम्म बक्यौता रकमको भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने कुरा ज्ञापनपत्रमै उल्लेख थियो । जसअनुसार आन्दोलन शुरु भएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।

जबसम्म सम्पूर्ण रकम प्राप्त हुँदैन, तबसम्म आफूहरु काठमाडौंबाट नफर्किने उनले बताए । अहिले सर्लाहीका किसान मात्र आन्दोलनमा आएका छन् । यो महिनापछि देशभरिका किसान काठमाडौं आउने उनले बताए । काठमाडौं केन्द्रीत आन्दोलन विस्तारै देशैभरि विस्तार हुने उनले बताए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण