२७ बर्षपछि घर अगाडी बाटो : स्थानीय भए 'खुसी'
कपिलवस्तु - बस्ती बसेको २७ वर्ष पछि बाटो आउँदा स्थानिय हर्षित भएका छन् ।
जिल्लाको वाणगंगा नगरपालिका वडा न.–९ पडरियाको सुकुम्बासी बस्ती (रामकुमार टोल) मा स्थानिय दिप ज्योति युवा क्लवले दशैको मुखमा बाटो बनाईदिँदा स्थानीय खुसी भएका छन् ।
स्थानीयले लामो समय खेतको आलीबाट हिँडेर गुजारा चलाउँदै आएका थिए । क्लवले करिब ५० हजार खर्च गरी सबैको घर अगाडी बाटो पु¥याईदिएको छ ।
स्थानीय यम बहादुर खड्का भन्छन्,
-२७ वर्ष खेतको आलीमा हिँड्दाको पिडा आज बाटो खुल्दा बिर्सेका छौँ ।
-सुकुम्बासी हुनुको पिडा भन्दा सडक नहुनुको पिडा ठुलो हुँदो रहेछ ।

क्लवका अध्यक्ष चुरामणि अर्यालले भने,
-२५ घर परिवार बसोबास रहेको टोलमा सबैको घर अगाडी पुग्ने गरी ६ मिटर फराकिलो (तिन सय मिटर) बाटो निर्माण गरीएको छ ।
-बाटोका कारण टोलका कोही बिरामी हुँदा समेत समयमै उपचार गर्न नपाएको गुनासो स्थानीयले गर्दै आएका थिए, अब स्थानीयलाई केही सहज हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण