बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

२७ बर्षपछि घर अगाडी बाटो : स्थानीय भए 'खुसी'

आइतबार, ०८ असोज २०७४, ०८ : २५
आइतबार, ०८ असोज २०७४

कपिलवस्तु - बस्ती बसेको २७ वर्ष पछि बाटो आउँदा स्थानिय हर्षित भएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका वडा न.–९ पडरियाको सुकुम्बासी बस्ती (रामकुमार टोल) मा स्थानिय दिप ज्योति युवा क्लवले दशैको मुखमा बाटो बनाईदिँदा स्थानीय खुसी भएका  छन् ।

स्थानीयले लामो समय खेतको आलीबाट हिँडेर गुजारा चलाउँदै आएका थिए । क्लवले करिब ५० हजार खर्च गरी सबैको घर अगाडी बाटो पु¥याईदिएको छ ।

स्थानीय यम बहादुर खड्का भन्छन्,

-२७ वर्ष खेतको आलीमा हिँड्दाको पिडा आज बाटो खुल्दा बिर्सेका छौँ ।

-सुकुम्बासी हुनुको पिडा भन्दा सडक नहुनुको पिडा ठुलो हुँदो रहेछ ।

क्लवका अध्यक्ष चुरामणि अर्यालले भने,

-२५ घर परिवार बसोबास रहेको टोलमा सबैको घर अगाडी पुग्ने गरी ६ मिटर फराकिलो (तिन सय मिटर) बाटो निर्माण गरीएको छ ।

-बाटोका कारण टोलका कोही बिरामी हुँदा समेत समयमै उपचार गर्न नपाएको गुनासो स्थानीयले गर्दै आएका थिए, अब स्थानीयलाई केही सहज हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप