प्रधानमन्त्री ओलीको सिफारिसलाई सर्वोच्चले उल्टाइ दिन्छ : उपेन्द्र यादव
आइतबार, ०५ पुस २०७७, ११ : ५७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जवर्जस्ती गरेको उनले बताए ।
यसरी संविधानविपरित कार्य गर्यो भने लोकतन्त्र नै खतरमा पर्न सक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीको यो कार्यलाई निरकुंशताको संज्ञा दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेपनि यसलाई सर्वोच्चले उल्टाई दिने बताउँदै उनले प्रधानमन्त्री ओलीले चालेको कदम लोकतन्त्रको हितविपरित रहेको प्रतिकृया दिए ।
हुँदै नभएको अधिकार प्रयोग गर्नु भनेको निरकुंशता भएको र यस्तो काम पहिला राजा महराजाले गर्ने गरेको बताउँदै उनले यी कुराको मूल्याकंन जनताले गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण