ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेः झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे ।
प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे ।उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे । देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो ।
जनवादी क्रान्ति सफल भयो भनेर पूर्व एमाले र पूर्व माओवादी केन्द्रले धेरै अघि घोषणा गरिसकेको स्मरण गराउँदै उनले समृद्धिका आधार निर्माण गर्ने उद्देश्यले नै दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको प्रस्ट पारे ।जनताले पनि कम्युनिस्ट पार्टीमाथि विश्वास गरेको र प्रचण्ड बहुमतका साथ सरकार गठन भएको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीलाई सर्वसम्मतिले प्रधानमन्त्री बनायौं, त्यो दिनदेखि उहाँले आफूलाई महाराजजस्तो ठान्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण