लागुऔषधसहित तीन पक्राउ
जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५ का २१ वर्षीय सञ्जय तामाङ रहेको उनले बताए ।
विशेष सूचनाका आधारमा प्रहरीचौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर–३ स्थित झोलुङ्गे पुलबाट मे२प ४३१८ नंको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा स्कुफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक आठ एम्पुल, फेनरागन आठ एम्पुल, डाइजेपाम आठ एम्पुल र गाँजा २०० ग्राम बरामद गरेको थियो । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखेको छ ।
त्यस्तै विर्तामोड–१ स्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे८प ३४२८ नंको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको छ ।
मोटरसाइकल चालक विर्तामोड–५ का तामाङले शरीरका विभिन्न भागमा लुकाइछिपाई ल्याउँदै गरेको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रनाउ थापाले जानकारी दिए । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण