बैठक सकेर बल्खु पुगे प्रचण्डः भने- एकता आवश्यक छ
काठमाडौं । केन्द्रीय समिति बैठक सकिने वित्तिकै नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् । त्यहाँ पुगेर प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् ।
कम्युनिस्टहरुको एकताको ऐतिहासिक आवश्यक्ताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु पुगेको प्रचण्डले बताएका छन् ।

केन्द्रीय समितिको दोस्रो बैठकबाट बल्खुमा कम्युनिस्टहरुको भाव झल्किने भवन निर्माण गर्ने निर्णयको स्मरण गर्न पनि आफु बल्खु आएको प्रचण्डको भनाई थियो । उनले संसद विघटन सफल हुन नदिने प्रतिवद्धता पनि जनाए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले बल्खुस्थित पार्टी कार्यलय भवन बनाउने सन्दर्भमा आफु जोडिएको भन्दै नेकपाको मुल धार आफुहरुले नेतृत्व गरेको भएको बताए । उनले विगतमा कमीकमजोरीलाई स्वीकार गर्दै आन्दोलनको यात्रमा आउन आग्रह गरे ।

संविधानको भावना र मर्मविपरित संसद विघटन गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको भन्दैै उक्त कदम आफुहरुले कुनै हालतमा स्वीकार नगर्ने बताए । ‘प्रतिनिधि सभालाई त्यस्तो तानाशाही प्रकृयावाट विघटन गर्न पाइदैन’ नेता नेपालले संसद विघटन गर्ने काम राजाको जस्तै प्रतिगामी भएकाले त्यसकाविरुद्ध सिंगो देश र देशवासीले विरोध गर्नुपर्ने बताए । त्यसक्रममा उनले कम्युनिस्ट आन्दोलन अघि बढेरै छोड्ने बताएका थिए । प्रचण्ड, नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहोरा पनि बल्खु पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण