बल्खु पुगे प्रचण्ड-माधव नेपाल, यसरी गरे मदन भण्डारीको शालिकमा माल्यार्पण (फोटोफिचर)
बिहीबार, ०९ पुस २०७७, १८ : ०३
काठमाडौं । काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बल्खुस्थित पार्टी कार्यालय पुगेका छन् । उनीहरुको साथमा बरिष्ठ नेता, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत थिए । बल्खुमा पुगेर दुबै अध्यक्षले तत्कालीन एमाले माहासचिव मदन भण्डारीको शालीकमा माल्यापर्ण गरेका छन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको भाव झल्किने पार्टी कार्यालय निर्माण गर्ने लक्ष्यको स्मरण गर्न आएको बताए । साथै पार्टीका सबै नेता कार्यकर्तालाई एकताबद्ध हुन सन्देश दिन खोजेको उल्लेख गरे । अर्का अध्यक्ष माधव नेपालले पार्टी कार्यालय बल्खु आफूसँग लामो समयदेखि जोडिएको र पार्टीको मूलधार आफूसँग रहेकोले सबैलाई एकैठाउँमा आउन आग्रह गरे ।
हेर्नुहोस् तस्विरहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण