धनुषामा पनि प्रधानमन्त्री ओलीको कदमविरुद्ध काँग्रेसको प्रदर्शन (फोटोफिचर)
सोमबार, १३ पुस २०७७, १६ : १६
जनकपुर । नेपाली काँग्रेसले धनुषाका ४ वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । पूर्व घोषित कार्यक्रमअनुसार काँग्रेसले सोमबार ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।
धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए । कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण