जनकपुरमा प्रचण्ड–माधव समूहको प्रदेश भेला हुने
जनकपुर । नेकपा ओली समूहले प्रदेश नम्बर २ को वीरगंजमा भेला आयोजना गरिरहदाँ नेकपा प्रचण्ड–माधव समूह समेत प्रदेश भेलामा जुटेको छ । नेकपा प्रचण्ड–माधव समूहले प्रदेश भेलाको तयारी पुरा भएको बताउदैँ सांगठिनक र आगामी रणनीति तय गर्नका लागि प्रदेश भेला गर्न लागेको जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा औपचारिकरुपमै विभाजन भइसकेपछि प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २ मा औपचारिकरुपमै प्रदेश भेला गर्न लागेको हो । नेकपा प्रदेश कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य तथा प्रचारपसार विभागको जिम्मेवारीमा रहेका श्रीप्रसाद साहले प्रदेश भेलामा ८ वटै जिल्लाबाट करिब ३ सय जना प्रदेश समितिका सदस्य, केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीहरु, निर्वाचित तथा पूर्व सांसद तथा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी दिए ।
जनकपुरधामस्थित नेकपा प्रदेश कार्यालयमा हुन लागेको भेलामा सांगठनिक छलफल र आगामी संघर्षका बारेमा गम्भिर छलफल हुने साहले बताए । साहले पार्टी फुट हुनुको कारण बताउदैँ उनले भने– ‘नीति, विधान र पार्टी निर्णय विपरित प्रधानमन्त्री केपी शर्माओली अराजक र अव्यवहारिक रुपमा अघि बढ्दा ओली र उनकै समूहको सनकका कारण पार्टी फुट्यो ।’
प्रदेश भेलामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्रीहरु मातृकाप्रसाद यादव र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गणेश साह, स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह लगायत दर्जनौँ केन्द्रीय समिति सदस्यहरु समेत सहभागिता हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण