भेरी नदीमा बस खस्दा मृत्यु भएका एक जनाको सनाखत(अपडेट)
सुर्खेत । भेरी नदीमा बिहीबार दिउँसो बस खस्दा मृत्यु भएका एक जनाको सनाखत भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना५ख ७७५० नम्बरको मिनी बस दिउँसो २ः५० बजेतिर सुर्खेतको गुर्भाकोट नगरपालिका-९ मा दुर्घटना भएको हो । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको हो ।
सल्यान कालीमाटीदेखि बोटेचौरतर्फ जाँदै गरेको सो बसमा जम्मा तीन जनामात्र रहेको बताइएको छ । दुर्घटनामा कालिमाटी गाउँपालिका–४ का ईश्वर सुनार घाइते भएका छन् । दुर्घटनास्थलबाट उनको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अर्का एकजनाको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण