आमाबारे स्टाटस लेख्दै पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या
बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ ।
त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते हुनुभएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण