शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता खतिवडा भन्छन्ः पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकाल्नु अशोभनीय छ

आइतबार, २६ पुस २०७७, १४ : ०५
आइतबार, २६ पुस २०७७

चितवन । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता खतिवडाले पूर्वप्रधानन्यायधीशहरुलेले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताए ।

पूर्वसांसद खतिवडाले प्रश्न गरे, ‘सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?’  यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए । 

नेता खतिवडाले काँग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताए । उनले भने, ‘एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले काँग्रेस सरकारमा जानु हुँदैन ।’  उनले काँग्रेस निर्वाचन जितेर मात्र सरकारमा जाने उनले बताए । 

अहिले निर्वाचनको विकल्प नरहेको बताउँदै खतिवडाले प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच शुरु हुने बताए । उनले भने– ‘संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद किनबेच शुरु हुन्छ । काँग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप