काँग्रेस नेता खतिवडा भन्छन्ः पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकाल्नु अशोभनीय छ
चितवन । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता खतिवडाले पूर्वप्रधानन्यायधीशहरुलेले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताए ।
पूर्वसांसद खतिवडाले प्रश्न गरे, ‘सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?’ यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए ।
नेता खतिवडाले काँग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताए । उनले भने, ‘एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले काँग्रेस सरकारमा जानु हुँदैन ।’ उनले काँग्रेस निर्वाचन जितेर मात्र सरकारमा जाने उनले बताए ।
अहिले निर्वाचनको विकल्प नरहेको बताउँदै खतिवडाले प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच शुरु हुने बताए । उनले भने– ‘संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद किनबेच शुरु हुन्छ । काँग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण