विपत्तिको घडीमा एक अर्काबीच सहकार्य आवश्यक हुन्छः गृहमन्त्री थापा
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्राकृतिक विपत्तिको घडीमा एक अर्काबीच समन्वय, सहकार्य र सहयोगको भावना हुनु पर्ने बताएका छन् । २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको मध्यपुरथिमिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले ‘भने विपतको समयमा हामी मिलेर जानुको विकल्प हुँदैंन ।’
भूकम्पबाट सुरक्षित हुनका लागि घर तथा भौतिक संरचना निर्माण गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाई रहेको छ । पूर्वाधार बलियो र भूकम्प प्रतिरोधी भएमा जनधनको समेत क्षति नहुने भन्दै उनले पूर्ण रुपमा मापदण्डमा रहेर भवन तथा संरचना बनाउन आग्रह गरेका छन् ।
हरेक नागरिकले जिम्मेवार भएर निर्माण कार्य गर्ने र त्यस प्रकारमा नक्सालाई मात्र नगरपालिकाले स्वीकृत दिनुपर्ने गृहमन्त्री थापाको भनाई छ । कार्यक्रममा गृहमन्त्री थापाले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा मानवीय र भौतिक क्षति हुन नदिन सबैले पहल गर्नुपर्ने बताए ।
सो अवसरमा राष्ट्रिय पूनःनिमार्ण प्राद्यिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले हालसम्म करिब ९१ प्रतिशत नीजि आवास पूनःनिर्माण कार्य सकिएको जानकारी दिए । ज्ञवाली भने–‘सबैको सहयोग र पहलबाट ६ हजार भन्दा धेरै विद्यालय भवनहरु समेत पूनःनिर्माण भइसकेका छन् ।’ कार्यक्रममा मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भुकम्पबारेमा सबैमा ज्ञान र चेतना हुनुपर्ने र निर्माण कार्य गर्दा ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण