फेसन सो भन्दै पोखराबाट मोरङ बोलाएर लुटपाट
काठमाडौँ – मोरङको विराटनगरमा फेसन सोको बहानामा पोखराबाट बोलाइएका फोटोग्राफर लुट्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६ का २० वर्षीय अनुप ढकाल र साराशं भट्टराई रहेका छन् ।
पक्राउ परेका ढकालले पोखरा महानगरपालिका–२० का ‘योअर डिजिटल फोटो गुड्स सेन्टर’ का सञ्चालक विमल कार्कीलाई विराटनगरमा फेसन सोका लागि फोटो खिच्न आवश्यक सामाग्रीसहित बोलाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले रातोपाटीलाई बताए ।
डिएसपी राईका अनुसार गत पुस २४ गते फोटो खिच्नका लागि बोलाइएका कार्कीलाई पक्राउ परेका ढकालले पेश्की रकम भन्दै इसेवामार्फत ४ हजार पठाएका थिए ।
कार्की फोटो खिच्नका लागि पुस २५ गते मोरङको बुढीगंगा पुगे । उनलाई सोही ठाउँमा रहेको आरएन होटलको कोठा नम्बर ११४ मा बस्ने व्यवस्था मिलाइएको थियो । पीडित कार्कीले सोही होटलमा फोटोग्राफीका सामाग्रीहरु राखे ।
तर, खाना खानका लागि सुनसरीको इटहरी लगिएको पीडित पक्षको भनाई उद्धृत गर्दे डिएसपी राईले बताए । खाना खाँदै गर्दा अनुप भने त्यहाँबाट निस्किएर आर एन होटल गई सामान चोरी गरी फरार भएका प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
प्रहरीका अनुसार चोरी भएका क्यामरा लाईट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, ड्रोन एक थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर एक थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप एक थान, झोला ७ थान, क्यामेरा ३ थान र लाईट एक थान बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण