बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कालो हरिण प्रकरण : अदालतमा उपस्थित भएनन् सलमान खान

शनिबार, ०३ माघ २०७७, १६ : १७
शनिबार, ०३ माघ २०७७

राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा बलिउड अभिनेता सलमान खानविरुद्ध आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ । यसको सुनुवाईका लागि आज अर्थात् १६ जनवरीमा सलमान जोधपुर कोर्टमा उपस्थित हुनुपर्ने थियो, तर उनी उपस्थित भएनन् । 

सलमानले आफ्नो वकिलको सहयोगमा अदालतमा हाजिरी माफी पेश गरेका थिए र यसलाई अदालतले स्वीकार ग¥यो । त्यसैले अब यस मुद्दाको आगामी सुनुवाई ६ फेब्रुअरीमा हुनेछ । 
जोधपुर अदालतले सलमानलाई यस विषयमा २०१८ मा ५ वर्षको जेल सजाय सुनाएको थियो, तर त्यसपछि सलमान जमानतमा रिहा भएका थिए । यही सजायविरुद्ध आज अदालतमा सुनुवाई हुने कार्यक्रम थियो ।

 जोधपुर कोर्टको फैसलापछि सलमान अफ्टेरोमा परेका थिए र उनी जेल समेत जानुपरेको थियो । यद्यपी, जमानत रकम तिरेर सलमान दुुई दिनभित्रै रिहा भए । 
कालो हरिण शिकार मुदमा सैफ अली खान, तब्बू, निलम र सोनाली बान्द्रेलाई भने अदालतले सफाई दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप