बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दशैं (कविता)

बिहीबार, १२ असोज २०७४, १३ : ५४
बिहीबार, १२ असोज २०७४

सुशील शाह

ए दशैं ! अाउँछस् भने
झाेलामा 
एक जाेर नयाँ लत्ता
र खल्तिमा एक मानाे चामल लिएर अाइजाे
भाेकभाेकै छ उ पाेहाेरसाल देखि
नागंनागै छ उ पाेहाेरसाल देखि
जाे केही मिठाे खान पाउँछु कि भनी
जाे केही नाैलाे लाउन पाउँछु कि भनी
केही दिन देखि नसुतेर लगातार
रातभर
दिनभर
तेरैबाटाे हेरी रहेछ
तर 
उस्लाई इर छ कतै तँ
पाेहार साल जस्तै 
याे साल पनि
सिरफ रिन दिन त अाउने हाेइनस्
बिन्ति छ दशैं
बरू अाँउदै नअाइजाे
जाबाे एक मुठी अक्षेता 
र दुई पात जमरा किन्नसक्ने अाैकात नभएकाे 
उस्ले
कसरी तेराे रिनकाे महंगाे ब्याज तिर्न सक्छ

ए दशैं ! अाउँछस् भने
कतै खाडिकाे
ताताे हावामा निसास्सिरहेकाे
कुनै मान्छेलाई लिएर अाइजाे
जिउँदै
जाे कसैकाे लाेग्ने हुन सक्छ
जाे कसैकाे छाेराे हुन सक्छ
जाे कसैकाे काेही नभए पनि 
एउटा नेपाली हुन सक्छ
जाे गएकाे हाे अाफ्नाे भाग्य खाेज्न 
त्यहाँ,
केहीबर्ष अधि
बिन्ति छ दसैं
बाेकेर तर उस्काे चिसाे लास काँधमा
त रूँदैरूँदै
उस्काे मलामी भएर कहिलै नअाइजाे

ए दशै ! अाउँछस् भने
बुढा हजुरबाकाे
अाशिर्वाद लिएर अाइजाे
बर्षाैं पहिले छुट्टिएका
ती साथीभाइकाे
अचानक मुलाकात लिएर अाइजाे
बिन्ति छ तर 
भर्खर जन्मिएकाे दुधे पाठाेकाे 
काल लिएर तँ कहिलै नअाइजाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप