बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सवारी चेकजाँचबाट महोत्तरीमा ५ लाख ८४ हजार ५ सय राजस्व असुली

बिहीबार, १२ असोज २०७४, १७ : ०६
बिहीबार, १२ असोज २०७४

निकेश खनाल 

महोत्तरी– महोत्तरी ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा पछिल्लो महिनामा मात्रै ५ लाख ८४ हजार ५ सय राजस्व असुली गरेको छ ।

कार्यालयले सवारी चेकजाँच गर्दा ट्राफिक नियम पालना नगर्ने ठूला तथा साना गरी ९ सय १६ सवारीलाई कारबाही गरी सो रकम सकलन गरेको हो । 

कारबाही पर्नेमा  बस, ट्रक, जीप, कार, ट्याक्टर, ट्याम्पो, मोटरसाइकल लगायत छन् । त्यसैगरी मापसे गरी सवारी चलाउन,े ओभरलोड बोक्ने, सीट बेल्ट तथा हेल्मेट नलगाउने, छतमा मान्छे बोक्ने, बिलबुक रोड परमिट नबोक्ने, लाइसेन्स नभएको, प्रयोजन विपरित चलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी अवस्था ठीक नभएको, सवारी साधनलाई कारबाही गरी सो रकम असुली गरेको ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप