केपी ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्छौ: माधवकुमार नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उनलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको प्रतिगामी कदम कुनै हालतमा स्वीकार्य नहुने बताए ।
सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले केपी ओली कम्युनिस्ट पार्टीको सदस्य नै हुन लायक नभएको पनि बताए । ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’
अध्यक्ष नेपालले ओलीलाई गोर्भाचोभको संज्ञा दिँदै ‘अब कम्युनिस्ट पार्टीले कस्तो कूपुत्र जन्माइएछ ?’ भनेर सोच्नुपर्ने बेला भएको बताए ।
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध एकजुट हुनुको विकल्प नभएको भन्दै अध्यक्ष नेपालले प्रतिगामी कदमको हार निश्चित रहेको दावी गरे ‘हामी जित्नेछौ एकदिन’ नेपालको भनाई छ । उनले पार्टी बैठक बोलाउन नचाहाने, छलफल नै गर्न नचाहने भन्दै अहिले ओलीको मैमत्त प्रवृत्तिका कारण सिंगो देश आन्दोलित र चिन्तित भएको बताए ।
नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्न नसकेको भन्दै तानाशाहीको चरम सीमा पार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण