रूसी विपक्षी नेता नाभाल्नीको गिरफ्तारप्रति मर्केलद्वारा चासो व्यक्त, बिना सर्त रिहाईको माग
एजेन्सी । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको मस्कोमा ‘मनमानी’ तरिकाले गिरफ्तार गरिएको भन्दै उनको रिहाईका लागि जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार माग गरेकी छिन् । मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले पत्रकारसँगको कुराकानीमा भने, “चान्सलर मर्केलले रूसी नेता नभाल्नीको ‘मनमानी रूपमा’ गरिएको गिरफ्तारीको घोर भत्र्सना गरेका छिन् । गिरफ्तारीले कानूनी शासनका सिद्धान्तहरूको उल्लङ्घन गरेको छ ।” जर्मनीले आइतबार मात्र जर्मनीमा उपचार गराई फर्किएका रुसी विपक्षी नेतालाई तुरुन्त रिहा गर्न पनि आग्रह गरेको छ ।
उपचारका लागि जर्मनीमा पाँच महिना बसी स्वदेश फर्किएको करिब एक घण्टाभित्र नै आइतबार उनलाई मस्कोबाट पक्राउ गरिएको थियो । उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका छन् । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वीडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको जर्मनीले जानकारी गराएको थियो ।
उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण