राजधानीमा प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्याली (तस्बिरमा हेर्नुुस्)
बुधबार, ०७ माघ २०७७, १५ : १५
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ ।

माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो । केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको र्यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो । नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ । पछिल्लो समय जनअधिकारको रक्षाका लागि विभिन्न पार्टी, नागरिक समाज लगायत विभिन्न क्षेत्रको पनि ऐक्यबद्धता बढ्दै गएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण