बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बसले साइकलयात्रीलाई ठक्कर दिदा दुई गम्भीर घाइते

शनिबार, १४ असोज २०७४, १६ : ५१
शनिबार, १४ असोज २०७४

पुनहरी घिमिरे 

कपिलवस्तु– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५ समिति चोकमा बसले साइकल यात्रीलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । 

बसको ठक्करबाट शिवराज नगरपालिका ३ मदवाकी २२ वर्षीया अमृता सुनार र सोही साइकलको पछाडि सवार ११ वर्षीया सर्मिला सुनार गम्भिर घाइते भएका छन् ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ९३४७ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो  ।

घाइते दुबै जनाको चन्द्रौटामा रहेको नेशनल पोलिक्लिनिकमा उपचार हुन नसकेपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक बिष्णु रावतले जानकारी दिए ।

बस र चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप