दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षमा निधन
चर्चित मोडल तथा दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ । हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको निधनको खबर पुष्टि गरेको छ । सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।
एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नायिका सोङ्ग यू जङ्गले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छिन् । उनको परिवारको इच्छा अनुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’
सोङ्गले सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट टिभीमा अभिनयको डेब्यू गरेकी थिइन् । यो सिरिजमा उनले किम चुन वानको नामकी एक टिनएजरको भूमिका निभाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ मा ‘मेक योर विश’ र सन् २०१७ मा ‘स्कूल २०१७’ नामको टिभी सिरिजमा पनि काम गरेकी थिइन् । टिभीमा आउनु अघि सोङ्गले थुप्रै विज्ञापनमा पनि काम गरेकी थिइन् । पछि उनले दुईवटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण